आकस्मिक बैठक

 आदिवासी जनजाति युवा महासंघ नेपालको बसेको आकस्मिक बैठक मिति २०७२ पौष २२ गते का दिन महासंघको केन्द्रिय कार्यालयमा महासंघको अध्यक्ष श्री ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा बसि निम्न बमोजिमका निर्णयहरुका साथमा सम्पन्न भएको छ । सोही बमोजिम कार्य गर्न गराउन हुन मातहतका समितिहरु र आवद्ध संस्थाहरुलाई जानकारी अनुरोध गर्दछौ । 
 
१) आदिवासी जनजाति आन्दोलन र नयाँ संविधान बारे धारणा सम्बन्धमा ः आदिवासी जनजातिको आन्दोलन र नयाँ संविधान बारे यस महासंघको छुट्टै रोड म्याप सहितको संस्थागत धारणा तयार गरी अगामी बैठकमा पेस गर्ने तथा सोही अनुसार अगामी कार्यक्रमहरु संचालन गर्ने तथा नयाँ संविधानमा रहेका आदिवासी जनजाति विरोधी धाराहरुलाई संसोधन गरि आदिवासी जनजातिहरुको पक्षमा बनाउने विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरियो र आदिवासी जनजातिहरुको बिरुद्धमा रहेका संविधानका धाराहरुको अध्ययन गरि एक च्भाभिअत  तयार गर्नका लागि मस्यौदा तयारी गर्न सचिव मनोज आठपहरियालाई जिम्मा दिने निर्णय गरियो ।
 
२. सुर्खेत बैठक सम्बन्धमा ः २०७२ पौष १८ गते सुर्खेतमा गर्ने भनिएको रा.सं.सचिवालयको बैठक राजनैतिक विषम परिस्थितिको कारण हुन नसकी सार्नु परेकोले सो बैठक बारे माघ ८ गतेको पदाधिकारी बैठक बाट निर्णय गर्ने निर्णय गरियो ।
 
३.वेव पेज अपडेट सम्बन्धमा ः वेव पेज अपडेटका लागि महासचिव सुदर्शन चौधरीलाई जिम्मा दिने निर्णय गरियो ।
 
४. कार्यलय व्यवस्थापनको लागि अफिस भाडा असोज देखि पौष सम्मको भुक्तान गर्ने निर्णय गरियो ।
 
५. यस युवा महासंघका उपाध्यक्ष राम थापा मगरको पुत्र लाभ भएकोमा र रा.सं.स.सदस्य किरण श्रेष्ठ बैवाहिक जिवनमा बाँधिनु भएको सुखद अवसरमा सफलताको लागि शुभकामना व्यक्त गर्ने निर्णय गरियो ।
 

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media