ताजा समचार

राष्टिय युवा परिषदले युवा क्षेत्रमा कार्यरत संस्थाहरुको प्रोफाईल तयार गर्न गई रहेको हुँदा । संस्थाका गत विगत,चालू र आगामी दिनहरुका गतिविधिहरु समेत समावेश गरी त्यस संस्थाको विस्तृत विवरणसहितको प्रोफाइल तयारगरी सो को सफटकपी र हार्डकपी २०७३ साल आषाढ १७ गतेसम्ममा राष्ट्रिय युवा परिषदमा पेश गर्नुहुन अनुरोध गरिन्छ । त्यसैले यहाँहरुले आफनो आफनो जातिय युवा संस्थाहरु सँग पहल गरी यहाँहरुको युवा संस्थाको विवरण भरी युवा परिषदमा पेश गर्नु हुन हार्दिक अनुरोध छ । जानकारी तथा अनुरोध सहित सुदर्शन चौधरी महासचिव, वैफिन नेपाल
आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समितिको अध्यक्ष हिरा सारङ्कोटीको अध्यक्षता र आदिवासी जनजाति युवा महसंघको महासचिव ज्ञानेन्द्र पुनमगरको प्रमुख आथित्यतामा गुल्मी जिल्लाको तम्घासमा आयोजना गरेको जिल्ला भेलाले गिरी प्रसाद महाकिमको अध्यक्षतामा गरुङ, छन्त्याललाई पछि थप गर्ने गरि १९ सदस्य जिल्ला तदर्थ समिति गठन भएको हो ।
२०७१ बैशाख २७ गतेका दिन आदिवासी जनजाति युवाहरुको विभिन्न पाँचवटा जिल्लामा आयोजित भेलाले ललितपुर, सल्यान, गोरखा, सुनसरी र पर्वत जिल्लाहरुमा नयाँ जिल्ला समिति गठन गरेको छ ।
यहि मिति २०७०/०३/०८ गतेका दिन आदिवासी जनजाति युवा महासंघ स्याङ्जा जिल्ला समितिको पहिलो अधिवेशनले मन वहादुर थापामगरको अध्यक्षता ९ सदस्य नयाँ समिति निर्वाचित गरेको छ ।

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media