युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र


 
 
 
 
 
 
 राष्ट्रिय युवा नीति–२०६६ को कार्यान्वयनको सन्दर्भमा नीतिमै व्यवस्था भएको मुल्याकंन तथा नियमन निकायको रुपमा गठन हुन लागिरहेको अधिकार सम्पन्न राष्ट्रिय युवा परिषदमा आदिवासी जनजाति युवा महासंघ नेपाल को संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका ७ बुँदे माग राखी आदिवासी जनजाति युवा महासंघ नेपालको एक प्रतिनिधि मण्डलले युवा तथा खेलकुद मन्त्री माननीय कमला रोकामगरलाई २०६८÷११÷१९ गते ज्ञापन पत्र बुझाएको छ । युवा महासंघका केन्द्रिय अध्यक्ष पृथ्वीमान गुरुङको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा उपाध्यक्ष द्वय पेम्बा घले र सुजनकुमार खालिङ, महासचिव ज्ञानेन्द्र पुनमगर, सचिव बिजय गुरुङ, कोषाध्यक्ष सुदर्शन चौधरी, विदेश विभाग प्रमुख मनोज आठपहरिया, केन्द्रिय सदस्यहरु सुवास श्रेष्ठ, मैया वाहिङ, शारदा लामा, डोमा शेर्पा, दिलिप खवास रहेका थिए ।
 
यसअघि पनि राष्ट्रिय युवा नीति परिमार्जन गर्नुपर्ने लगायतका माग राखी २ पटकसम्म ज्ञापन पत्र बुझाइ सकिएको छ । ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु समयमै सम्बोधन नभए यस भन्दा कडा खालका दबावमुलक कार्यक्रमहरु ल्याउन बाध्य हुने तर्फ पनि माननीय मन्त्री ज्यूलाई सचेत गराइयो ।

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media