स्थानीय विकास मन्त्रीलाई ज्ञापन पत्र


नेपाल सरकारले सन् २००७ मा अनुमोदन गरिसकेको आइएलओ कन्भेन्सन १६९ र आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रले प्रत्याभूत गरेका आदिवासी जनजाति लगायत नागरिकका हकअधिकारहरु प्रभावकारी रुपमा कार्यान्वयन गनुपर्ने माग सहित आदिवासी जनजाति युवा महासंघ नेपाल ले ५ बुँदे ज्ञापन पत्र २०६८/११/२२ गते स्थानीय विकास मन्त्री माननीय टोपबहादुर रायमाझीलाई बुझाएको छ । 
 
ज्ञापन पत्र बुझाउन युवा महासंघका केन्द्रिय अध्यक्ष पृथ्वीमान गुरुङको नेतृत्वमा उपाध्यक्ष सुजनकुमार खालिङ, महासचिव ज्ञानेन्द्र पुनमगर, सचिव विजय गुरुङ, संगठन सचिव नेत्र थापामगर, अतिरिक्त क्रियाकलाप विभाग संयोजक धनबहादुर तामाङ, केन्द्रिय सदस्यहरु शारदा लामा, मुना सुनुवार र मैया वाहिङ रहेको प्रतिनिधि मण्डल गएको थियो ।

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media