नेपालको संबिधान २०७२ का भ्रम र तथ्यहरु बारे आदिवासी जनजाति युवाहरुमा जनजागरण अभियान

आदिवासी जनजाती युवा महासंघ नेपालको आज २०७२ माघ ८ गतेका दिन केन्द्रिय कार्यालयमा बसेको बैठकले बर्तमान सन्दर्भमा संबिधान सभाबाट जारि गरिएको नेपालको संबिधान २०७२ को सन्दर्भमा हाल आदिवासी जनजाति, मधेशी, मुस्लिम, अल्पसंख्यक लगायत विभिन्न भाषिक, जातीय, धार्मिक अल्पसंख्यक समुदायहरुको बिरोध तथा असन्तुष्टि रहेकोमा जारिगरिएको नेपालको संबिधान २०७२ का बिसयमा आदिवासी जनजाती युवा महासंघ नेपालको अधिकारिक धर्ना प्रकाशन  गर्ने र नेपालको संबिधान २०७२ का भ्रम र तथ्यहरु बारे आदिवासी जनजाति युवाहरुमा जनजागरण अभियान संचालन गर्ने काठमान्डू उपत्यकामा विभिन्न आबध जातिय युवा संस्था हरुका लागि ८ स्थानमा कार्यक्रम संचालन गरिने छ . जुन निम्न अनुसार तोकिएको छ ..

१. चाबहिल (शेर्पा, लोहोमी, तोप्केगोला लगायतका हिमाली आदिवासी जनजाति युवा संस्था हरु )

२. किरात महासंघ (सुचिउन्मुख आदिवासी जनजाति युवा संस्था हरु )

३. कोटेशर (राई, सुनुवार, थामी लगायतका अन्य आदिवासी जनजाति युवा संस्था हरु )

४. कलंकी (मगर, कुमाल लगायतका अन्य आदिवासी जनजाति युवा संस्था हरु)

५. कुसुन्ती (लिम्बु, याक्खा, पहरी लगायतका अन्य आदिवासी जनजाति युवा संस्था हरु)

६. पुतलीसडक (तामांग, नेवार, भुजेल तथा अन्य आदिवासी जनजाति युवा संस्था हरु)

७. बानेश्वोर (थारु, राजबंशी, धानुक लगायत तराई का अन्य आदिवासी जनजाति युवा संस्था हरु )

८. गंगबु (गुरुङ, थकाली, छन्त्याल, बराम लगायत अन्य आदिवासी जनजाति युवा संस्था हरु)

जसका लागि कोटेशर र गंगबु का लागि ज्ञानेन्द्र पुन को संयोजनमा लोकेन्द्र जेरो, हेमन्त राई, श्रद्धा खालिंग रहने, तेस्तै चाबहिल र पुतलीसडक का लागि जी यस गुरुङ को संयोजनमा जुनु पुन, श्याम चौधरी, भिम थामी रहने , तेस्तै किरात महासंघ र कलंकी को लागि सुदर्शन चौधरी को संयोजनमा डोमा शेर्पा, रेम पुन मगर, अजय कुलूंग रहने, र बानेश्वोर र कुसुन्ती का लागि मनोज आठपहरिया को संयोजन मा कुमार प्रधान, शारदा लामा, प्रदिप लिम्बु रहने जिम्मेवारी तोकिएको छ, साथै केन्द्रिय पदाधिकारी तथा सदस्य हरु रहेका सम्पूर्ण  १५ वटा जिल्लाहरुमा यो कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ सो को लागि सम्बन्धित केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्य को संयोजनमा गरिने निर्णय गरिएको छ . यी सम्पपूर्ण कार्यक्रम फाल्गुन १५ गते भित्र समपन्न गरि दोस्रो चरणको कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको छ. कार्यक्रम  आवस्यक जानकारी तथा आवस्यक सामग्रीको लागि महासचिव सुदर्शन चौधरीलाइ जिम्मेवारी दियिएको छ .

जिल्लाहरु को जिम्मेवारी निम्न अनुसार तोकिएको छ..

इलाम - राजकुमार राई, मोरंग - दिवस राजबंशी, सुनसरी - राम कुमार राई, सोलु - मुलिवा नाछिरिंग, सप्तरी - सुदर्शन चौधरी, सिन्धुली - किरण श्रेष्ठ, मकवानपुर - अमृत लुन्ग्वा तामांग, धादिंग - सकुन्तला मम्बा, नुवाकोट- ओम प्रकाश श्रेष्ठ, तनहु - सिद्धान्त थापा मगर, कास्की - रामबहादुर थापा मगर, रुपन्देही - दिपक गुरुङ, बाँके- गोपाल पुन मगर, सुर्खेत - मिलन श्रेष्ठ र कंचनपुर - उदय राज थारु .

 

साथै बैठक ले आदिवासी जनजाती युवा महासंघले नेपालको संघिय सचिवालय तथा पूर्ण कमिटिको बैठक आउने फाल्गुन महिनाको २२ गते ८ बजे देखि कठमाण्डौमा बस्ने निर्णय गरेको छ ..

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media