विचार गोष्ठी कार्यक्रम

महासंघले १७औ विश्व आदिवासी दिवस २०११ को आवसरमा राज्य पुनर्संरचनामा आदिवासी जनजाति सवाल बिषयक एकदिने रास्ट्रिय विचार गोष्ठी कार्यक्रम काठमाडौँमा श्रावन १९ गते सम्पन्न भएको थियो / आदिवासी जनजाती अधिकार कर्मी मल्ल के सुन्दरले पेश गरेको कार्यपत्र माथि माओवादी ओनसरी घर्तिमगर, कांग्रेसका भिष्म राज आंगदाम्वे, एमालेका हिरा के शी लगायतका नेताहरुले टिप्पणी गरेका थिए / युवा तथा खेलकुद मन्त्री ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष्य झक बहादुर थापामगर र अतिरिक्त प्रहरी महानिरीक्षक कुबेर सिंग रानामगरलाई बधाई तथा सम्मान गरिएको थियो त्यसै गरि सोहि कार्यक्रममा अन्य विभिन्न क्षेत्रमा पदोन्नती हुनुभएका हरुलाई समेत बधाई प्रदान गरिएको थियो / महासंघका अध्यक्ष पृथ्वी मान गुरुंगको सभापतित्व, महासचिव ज्ञानेन्द्र पुन मगर को संचालन र उपाध्यक्ष सुजन खालिंगको स्वागतमा सम्पन्न भएको थियो / 

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media